जोडिनुहोस
  • होमपेज
  • एनपीएलः पोखरा एभेन्जर्सले जनकपुरलाई दियो १३९ रनको लक्ष्य

एनपीएलः पोखरा एभेन्जर्सले जनकपुरलाई दियो १३९ रनको लक्ष्य

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल)को आफ्नो दोस्रो खेलमा अहिले पोखरा एभेन्जर्सले जनकुपर बोल्ट्को सामना गरिरहेको छ । टस जितेको जनकपुरले पोखरालाई पहिले ब्याटिङको निम्तो दिएको थियो ।

पोखराले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय ३८ रन बनाएपछि जनकपुरले एक सय ३९ रनको लक्ष्य पाएको छ । पोखराले ओपनिङमा दिनेश खरेल र एन्ड्रिस गउसलाई पठाए पनि उनीहरू लामो समय मैदानमा टिकेर खेल्न सकेनन् । दिनेश १० र गउस २० रनमा आउट भए ।

टी–२० विश्वकपमा अमेरिकाको लागि र क्यारेबियन प्रिमियर लिगमा पनि उत्कृष्ट प्रदर्शन गरेका गउसको लागि एनपीएलको पहिलो खेल राम्रो रहेन । क्लबका कप्तान कुशल भुर्तेल ६ रनमा आउट भएपछि पोखराले ४५ रन बनाएर तेस्रा विकेट गुमायो । १० ओभरको समाप्तिमा तीन विकेट गुमाएको पोखराले ७० रन बनाएको थियो ।

११ रन बनाएका दिलिप नाथलाई मोहम्मद होसेनले एलबीडब्ल्यू धरापमा पारे । मार्कस क्रिचली ३० रन बनाएर आउट भए । उनलाई ललितले नै अनिल शाहबाट क्याच गराएका हुन् । राइमन रेइन्फर १७ रनमा आउट भए । माइकल लिस्कले १३ बलमा २५ रन बनाएपछि पोखराले खेलमा मध्यम लक्ष्य प्रस्तुत गरेको हो ।

जनकपुरका ललितले तीन विकेट लिए भने जेम्स नीशमले दुई विकेट लिए । किशोर महतो र होसेनले एक–एक विकेट आफ्नो नाम गरे ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका