जोडिनुहोस
  • होमपेज
  • बिटक्वाइनको मूल्य १ लाख डलर नाघ्यो

बिटक्वाइनको मूल्य १ लाख डलर नाघ्यो

काठमाडौं। क्रिप्टोकरेन्सी बिटक्वाइनको मूल्य १ लाख अमेरिकी डलर नाघेको छ। बिहीबार (बिहान ९ बजे कारोबार भइरहँदा) बिटक्वाइनको मूल्य १ लाख ३ हजार अमेरिकी डलर पुगेको छ।

अघिल्लो दिनको तुलनामा यो ४.६७ प्रतिशतले बढेको हो। पछिल्लो एक महिनायता बिटक्वाइनको मूल्य उच्च दरमा बढेको छ। एक महिनाकै अवधिमा बिटक्वाइनको मूल्य करिब ४७ प्रतिशत बढेको छ। अमेरिकाको ४७औं राष्ट्रपतिमा डोनल्ड ट्रम्प निर्वाचित भएदेखि नै बिटक्वाइनको मूल्य उच्च दरमा बढिरहेको थियो।

अहिले फेरि ट्रम्पले सेक्युरिटिज एण्ड एक्स्चेन्ज आयोगको अध्यक्षको जिम्मा पल एटकिन्सलाई दिने घोषणा गरेसँगै बिटक्वाइनको मूल्यले अर्को उचाइ लिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम सीएनबीसीले उल्लेख गरेको छ।

अध्यक्षमा एटकिन्सको आगमन हुने भएपछि क्रिप्टो बजारका लगानीकर्ता उत्साहित भएका छन्। हालका अध्यक्ष ग्यारी गेन्सलरले अमेरिकामा क्रिप्टोको विकासका लागि ध्यान नदिएको आरोप लाग्दै आएको छ।

यसअघि ट्रम्पले अमेरिकालाई बिटक्वाइन र क्रिप्टोकरेन्सीको राजधानी बनाउने बाचा गरेका थिए। सो बाचाअनुरुप नै ट्रम्पले आयोगमा फेरबदल गर्न लागेको अनुमान गरिएको छ।

बिटक्वाइनका अलवा पछिल्लो एक महिनामा अन्य क्रिप्टोकरेन्सीको भाउ पनि बढेको छ। इथरियमको भाउ ३ हजार ८९८ अमेरिकी डलर पुगेको छ। एक महिनामै इथेरियमको भाउ ६० प्रतिशत बढेको छ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका