काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल)मा जनकपुर बोल्ट्सले आफ्नो अपराजित यात्रा कायमै राखेको छ । आज भएको खेलमा जनकपुरले पोखरा एभेन्जर्सलाई सात विकेटले पराजित गरेको हो ।
जनकपुरको यो लगातार तेस्रो जित हो भने पोखराको लगातार दोस्रो हार हो । एक सय ३९ रनको लक्ष्य पछ्याएको जनकपुरले १७ ओभर एक बलमा तीन विकेट गुमाएर लक्ष्य पूरा गर्यो।
जनकपुरका लागि लहिरु मिलान्थाले ४५ तथा जेम्स नीशमले ४० रन बनाए । आशिफ शेखले ३३ रन बनाए ।