जोडिनुहोस
  • होमपेज
  • विवाहपञ्चमी महोत्सवको पाँचौँ दिन आज मटकोर विधि सम्पन्न

विवाहपञ्चमी महोत्सवको पाँचौँ दिन आज मटकोर विधि सम्पन्न

सीता-राम विवाहपञ्चमी महोत्सवअन्तर्गत पाँचौँ दिन आज (बिहीबार) मटकोर विधि सम्पन्न भएको छ । आज जनकपुरधामस्थित गंगासागर पोखरीमा मटकोर विधि सम्पन्न भएको हो । आज जानकी मन्दिरको प्राङ्गणबाट बाजागाजासहित बिहेको वेदी बनाउन गंगासागर पोखरीमा माटो ल्याउन पुगेका थिए । मटकोर विधिको क्रममा लगिएको माटोबाट सीता-राम विवाहका लागि मडवा निर्माण गरिने छ । पोखरीबाट जानकी मन्दिर भित्र्याइएको माटोले सीता-राम विवाहका लागि वेदी तयार गर्ने चलन छ । सप्ताहव्यापी कार्यक्रम विवाह पञ्चमी महोत्सव अन्तर्गत पहिलो दिन नगर दर्शन, दोस्रो दिन फूलबारी लीला, तेस्रो दिन धनुष यज्ञ, चौथो दिन तिलकोत्सव र आज मटकोर विधि सम्पन्न भएको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका