जोडिनुहोस
  • होमपेज
  • निर्माण व्यवसायीको बक्यौता एक साताभित्र भुक्तानी : अर्थमन्त्री

निर्माण व्यवसायीको बक्यौता एक साताभित्र भुक्तानी : अर्थमन्त्री

काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले निर्माण व्यवसायीको बक्यौता एक साताभित्र भुक्तानी भइसक्ने बताएका छन् । शनिबार काठमाडौंमा आयोजित एक छलफल कार्यक्रममा उनले आइतबारै (भोलि)देखि निर्माण व्यवसायीकोे बक्यौता भुक्तानी सुरु हुने उल्लेख गरे ।

भुक्तानीमा केही समस्या देखिए आफूसमक्ष आउन आग्रह गर्दै अर्थमन्त्री पौडेलले उचित निकास निकाल्ने प्रतिबद्धता जनाए । उनले निर्माण क्षेत्रको समस्या एकार्कालाई देखाएर समाधान नहुने बताए ।

संघीय सरकारअन्तर्गतको विकासे आयोजनाको बजेट सन्तोषजनक नरहेको उनले जिकिर गरे । बजेट निर्माणको प्रक्रियामा सुधार गर्नुपर्ने उनले बताए ।

कार्यक्रममा नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले केही सिमेन्ट कम्पनीले बोरामै २०० रुपैयाँ मूल्यवृद्धि गरेको सुनाए । उद्योगीले सिमेन्टमा ‘कार्टेलिङ’ गरेको उनले बताए । सिमेन्टमा मूल्यवृद्धिको कारणबारे सरकारले अध्यययन गर्नुपर्नेमा उनले जोड दिए ।

उनले निर्माण व्यवसायीको भुक्तानी समयमा नै नभएकाले ऋण तिर्न नसकिएको बताए । समयमा नै भुक्तानी गर्न उनले आग्रह गरे । हिमालयन टेली भ्वाइस

प्रचलन खबर

धेरै टिप्पणी गरिएका