जोडिनुहोस
  • होमपेज
  • महानगरको अनलाइनमा छापिएको समाचारको मात्रै विश्वास गरौँः बालेन

महानगरको अनलाइनमा छापिएको समाचारको मात्रै विश्वास गरौँः बालेन

काठमाडौं। काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले आफ्नै अनलाइन पत्रिकामा छापिएको विषयमा मात्रै बोल्न कार्यपालिका सदस्यहरूलाई आग्रह गरेका छन्।

आइतबार काठमाडौं महानगरपालिकाको ३७औँ कार्यपालिका बैठकमा उनले महानगरपालिकाको बाहेक अन्य सञ्चार माध्यमले लेखेको समाचारमा खास आधिकारिक नहुने धारणा राखेका हुन्।

बैठकमा विश्वसम्पदा सूची क्षेत्रभित्र पर्ने घर निर्माणको हकमा ५० प्रतिशत वा ९० प्रतिशत दस्तुर मिनाहा हुने हो भन्नेमा स्पष्ट नभएको कुरा उठेको थियो। बाहिर सञ्चार समाचारमा भने विश्वसम्पदा सूची भित्र पर्नासाथै ९० प्रतिशत दस्तुर मिनाहा पाउने, अन्य सेवासुविधा पनि पाउने भन्ने खालका समाचार प्रकाशित भएको सदस्यहरूले जानकारी दिएका थिए।

त्यसपछि बालेन शाहले भने, ‘काठमाडौं महानगरपालिकाको आफ्नै अनलाइनपत्रिका छ, त्यहाँ छापिएका विषयमा बोल्नु, अरू पत्रिकामा आएको विषयमा नबोलौँ, समाचार गलत होला, ऐन कानुनमा भएअनुसार नै हुन्छ।’

प्रचलन खबर

धेरै टिप्पणी गरिएका