अन्तर्राष्ट्रिय
नेदरल्याण्डमा ५ जनाको ज्यान जानेगरी पाँच वटा भवनमा विष्फोट, आतङ्कवादी हमलाको शङ्का
काठमाडौं। नेदरल्याण्डको प्रहरीले पाँच जनाको ज्यान जानेगरी पाँच वटा घर विष्फोट भएको घटनामा आतङ्कवादी हमला भएको दाबी गरेको छ । अस्ति शनिवार नेदरल्याण्डमा अपार्टमेन्टका पाँचवटा घरमा एकाएक विष्फोट भएको थियो ।
विष्फोटमा पाँच जनाको ज्यान गएको छ भने अझै केही हराइहेका छन् । चार जना घाइतको उपचार भइरहेको छ । केही मृतकको शरिर आगोले जलेकाले पहिचान गर्न गाह्रो भएको पनि खबरमा उल्लेख छ । विस्फोटको कारण के हो भन्ने कुरा अझै थाहा नभएपछि यसमा आतंकवादी हमलाका स्पष्ट सङ्केत देखिएका मुख्य सरकारी अभियोजक अधिकारी माग्रीट फ्रोबर्गले बताएका छन्।
थप अनुसन्धान गरेर यो विषयमा स्पष्ट धारणा बाहिर ल्याउने पनि उनले बताएका छन् । हेग प्रहरी प्रमुख क्यारिन क्रुकर्टले शनिवार बिहान विस्फोट भएको केही समयपछि घटनास्थलबाट तीव्र गतिमा हिँडिरहेको कारमाथि अनुसन्धान केन्द्रित भएको बताए । एउटा पीडितहरूको पहिचान गर्न र अर्को विस्फोटको कारण अनुसन्धान गर्न दुई अलग–अलग टोली स्थापना गरिएको छ ।