काठमाडौं। काठमाडौंको कीर्तिपुरस्थित चोभारमा आगलागी भएको छ ।
मंगलवार बिहान कबाडी संकलन केन्द्रमा आगलागी भएको हो । कबाडी संकलन केन्द्र र बंगुर पालन गरिएको ठाउँमा आगलागी भएको तर अझैसम्म आगो नियन्त्रणमा आइ नसकेको काठमाडौं महानगरपालिकाका सहायक निरीक्षक वसन्तकुमार श्रेष्ठले बताए ।
आगलागिको जानकारी हुने बित्तिकै महानगरको टोली पुगेर आगो नियन्त्रणमा लिने प्रयास गरेको बताए ।
आगलागि भएको स्थानमा जस्तापाताका टहराहरु बढी भएका कारण आगो नियन्त्रणमा लिन नसकिएको बताए ।
उनले स्काभेटर मगाएर जस्तापाता हटाउने र आगो नियन्त्रणमा लिने प्रयास गरिरहेको बताए ।
उनले भने– ‘यहाँ कवाडी, बंगुर पालन गरेको रहेछ । हामीले थाहा पाउने बित्तिकै आएर आगो नियन्त्रण लिँदैछौँ । नियन्त्रण पूरा भएको छैन । लगभग आधाआधा जति नियन्त्रणमा आइसकेको छ । जस्ता भएको कारणले निभाउन अलि अफ्ठ्यारो छ । स्काइभेटर बोलाएर निभाउने प्रयास गर्दैछौँ । आधा नियन्त्रणमा आएको छ । तीन वटा दमकल आएको छ । तीन वटाबाट निभाउने प्रयास भइरहेको छ ।’
अहिले नेपाल प्रहरी, शसस्त्र प्रहरी, स्थानीय लगायत मिलेर आगो निभाउने प्रयास भइरहेको छ ।