काठमाडौं । नेपाल र भारतका बीचमा एक ‘महत्वपूर्ण’ टुरिजम मीट कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल पर्यटन बोर्ड र भारतीय राजदूतावासको सहकार्यमा काठमाडौंमा मंगलबार भएको कार्यक्रममा दुई देशका पर्यटन अधिकारी, यात्रा एजेन्सी र व्यापारिक संस्थाका प्रतिनिधि सहभागी थिए । उनीहरूबीच पर्यटनको क्षेत्रमा सहयोग र आपसी समन्वय गर्ने विषयमा छलफल भएको थियो ।
कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरणकुमार चौधरी कार्यवाहक भारतीय राजदूत प्रसन्न श्रीवास्तवलगायत सहभागी थिए ।
कार्यक्रममा पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले कार्यक्रमको उद्देश्य नेपाल र भारतबीचको पर्यटन सम्बन्धलाई अझ मजबुत बनाउनु र दुई देशका पर्यटकहरूको आवाजाहीलाई प्रोत्साहन गर्नु रहेको बताए ।
कार्यक्रममा नेपाल र भारतको सांस्कृतिक, ऐतिहासिक र प्राकृतिक सम्पदाका बारेमा जानकारी आदानप्रदान गरिएको थियो । साथै, दुई देशका नागरिकहरूको आवागमनलाई सहज बनाउनका लागि भएका विविध पहलले जानकारी गराइएको थियो ।
कार्यक्रममा विभिन्न सांस्कृतिक प्रस्तुति पनि देखाइएको थियो ।
हेरौँ तस्वीरमा :