जोडिनुहोस
  • होमपेज
  • कास्कीमा भेटिए सबैभन्दा धेरै डेंगु सङ्क्रमित

कास्कीमा भेटिए सबैभन्दा धेरै डेंगु सङ्क्रमित

सन् २०२४ मा नेपालमा सबैभन्दा धेरै डेंगुको कास्की जिल्लामा भेटिएको छ । देशभर ३४ हजार ३८५ जनामा देखिएको डेंगु सङ्क्रमितमध्ये कास्कीमा मात्रै २२.३ प्रतिशत अर्थात् ७ हजार ६६७ जनालाई सङ्क्रमण भएको सरकारी तथ्यांक छ ।

इपीडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)का अनुसार त्यसपछि काठमाडौँ जिल्लामा बढी डेंगु सङ्क्रमित सङ्ख्या देखिएको छ । यहाँ ५ हजार ९१९ जनालाई डेंगु सङ्क्रमण देखिएको हो । चिकित्सकहरूका अनुसार जहाँ अवात-जावत गर्ने सङ्ख्या बढी हुन्छ, त्यहाँ डेंगुको सङ्क्रमण बढी हुने गर्दछ ।

कास्की र काठमाडौँ जिल्ला बढी मानिसको अवात-जवात हुने क्षेत्र हो । डेंगु सङ्क्रमणका कारणले १३ जनाको मृत्यु भएको छ । हुम्लाबाहेक सबै जिल्लामा डेंगु सङ्क्रमण फैलिएको छ । चिसो मौसम सुरु भएसँगै अहिले यसको सङ्क्रमण घट्दै गएको ईडीसीडीले जनाएको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?