जोडिनुहोस
  • होमपेज
  • साउदीको जेलमा रहेका नेपाली मध्ये झण्डै ८५ प्रतिशतलाई जाँडरक्सीको मुद्दा

साउदीको जेलमा रहेका नेपाली मध्ये झण्डै ८५ प्रतिशतलाई जाँडरक्सीको मुद्दा

रोजगारीका लागि साउदी अरब पुगेका बेला जेल परेका नेपालीमध्ये धेरैजसोलाई जाँडरक्सी खाएको तथा उत्पादन गरेर बिक्री गरेको आरोप लाग्ने गरेको पाइएको छ ।अहिले साउदीको जेलमा चार सय ८० जना भन्दा धेरै नेपाली जेलमा रहेका र उनीहरु मध्ये झण्डै ८५ प्रतिशत जाँडरक्सी खाएको तथा ओसारपसार र उत्पादनको कसुरमा जेल परेका पाइएको साउदीमा रहेको राजदूतावासका प्रथम सचिव टोपनारायण गिरीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

साउदीमा जाँडरक्सी उत्पादन, बिक्री तथा उपभोगमा प्रतिबन्ध छ । केही समय अघि कुटनीतिक कर्मचारीका लागि जाँडरक्सी बिक्री खुल्ला गरेको भए पनि त्यो सर्वसाधरणको पहुँचमा छैन । कतिपय नेपालीहरुले कम समयमा धेरै कमाउन पाइने भएकोले घरेलु रक्सी उत्पादन गरेर बेच्ने पाइएको छ ।

नेपालबाट पिठोमा मिसाएर रक्सी बनाउने मर्चा लैजाने र साउदीमा चामल, गहुँ, खजुर लगायत प्रयोग गरेर रक्सी बनाउने गरेको पाइएको छ । कैयौँ नेपालीहरु जेल परिसक्दा पनि रक्सी बनाउने कामलाई निरुत्साहित गर्न नसकिएको गिरीले बताउनुभएको छ । कामदारहरु अरबमा जानु अघि दिइने अभिमुखीकरणमा रक्सीको प्रयोग तथा उत्पादन र ओसारपसारबारे जानकारी दिने गरेको भए पनि त्यहाँ पुगेपछि धेरै नेपाली त्यही मुद्दामा पक्राउ पर्ने गरेका छन् । जाँडरक्सीको मुद्दामा साउदीमा नेपालीहरुलाई केही महनादेखि सात वर्ष सम्मको जेल सजाय हुने गरेको छ । साउदीमा झण्डै चार लाख नेपाली रोजगारीको लागि रहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया

Betify Casino – Examen Complet 115