जोडिनुहोस
  • होमपेज
  • १५ अङ्कले बढेर नेप्सेले २१ सय विन्दु नाघ्यो, साढे तीन अर्ब रुपैयाँको कारोबार

१५ अङ्कले बढेर नेप्सेले २१ सय विन्दु नाघ्यो, साढे तीन अर्ब रुपैयाँको कारोबार

हिजो घटेको शेयर बजार आज भने बढेको छ । शेयर बजार परिसूचक नेप्से आज १५ दशमलव ३३ अङ्कले बढेर २ हजार एक सय १ दशमलव १६ विन्दुमा पुगेको छ । आज अन्य बाहेक अरु सबै समूहको शेयर उकालो लागेको छ ।

बोटलर्स नेपाल, समाज लघुवित्त, खुटेली बुखारी हाइड्रोपावर कम्पनी, चिरख्वा हाइड्रो र बलेफी हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन सबैभन्दा धेरै एनआईसी एसिया ग्रोथ फण्ड–२ को शेयर झण्डै नौ प्रतिशतले घटेको छ ।

आज एक करोड एक लाख आठ हजार कित्ता शेयर तीन अर्ब ५८ करोड ६९ लाख रुपैयाँमा कारोबार भए । सबैभन्दा धेरै हिमालयन रि इन्सुरेन्स कम्पनीको २३ करोड दुई लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Tour d’Horizon Betify Casino Capacités Fonctionnelles