जोडिनुहोस
  • होमपेज
  • उपकुलपतिमा विवादित व्यक्तिको नाम सर्टलिष्टमा राखेको भन्दै शिक्षा समितिको ध्यानाकर्षण

उपकुलपतिमा विवादित व्यक्तिको नाम सर्टलिष्टमा राखेको भन्दै शिक्षा समितिको ध्यानाकर्षण

त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि बौद्धिक चोरी, सूचना लुकाएको, भ्रष्टाचारको आरोप लागेका व्यक्ती पनि सर्च लिस्टमा परेपछि संसद्को शिक्षा स्वास्थ्य तथा प्रविधि समितिले कुलपति र सहकुलपतिलाई ध्यानाकर्षण गराएको छ। समितिको सोमबार बसेको बैठकले बौद्धिक चोरीको आरोप लागेका तीर्थ खनिया , सूचना लुकाएको आरोप लागेका कार्यवाहक शिवलाल भुसाल र भ्रष्टाचारमा केसरसंज बराल मुछिएको आरोप लागेपछि विशेष ध्यान दिन समितिले भनेको हो । ‘बौद्धिक चोरी, भ्रष्टाचार र सूचना लुकाएको हुँदा विशेष ध्यान दिन ध्यानाकर्षण गराएका छौँ,’ समिति सभापति भानुभक्त जोशीले भने । कार्यवाहक उपकुलपति शिवलाल भुसालले जथाभाबी सरुवा बढुवा गरेको विषयमा समितिले छानबिन गर्न शिक्षा मन्त्रालयलाई समितिले निर्देशन दिएको छ । यो विषयमा समिति सदस्यहरूले ध्यानाकर्षण गराएका थिए। उनीहरूले मेरिटोक्रेसी कायम गर्ने नाममा विवादमा परेका व्यक्तिहरूलाइ सर्टलिष्टमा नाम राखेको भन्दै विरोध जनाएका थिए।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया

Découverte de Betify Casino – Analyse 14