जोडिनुहोस
  • होमपेज
  • श्रमाधान रोजगार मेला आज सकिँदै

श्रमाधान रोजगार मेला आज सकिँदै

काठमाडौं : ललितपुरको पाटनमा जारी ‘श्रमाधान रोजगार मेला’ बुधबार सकिँदैछ। पाटन बहुमुखी क्याम्पसको प्रांगणमा जारी मेलामा ८० वटा निजी तथा सरकारी क्षेत्रका स्टल छन्।

श्रम रोजगार तथा सामजिक सुरक्षा मन्त्रालयको पहलमा जेठ १७ गते देखि कोशी प्रदेशको विराटनगरबाट शुरु भएको रोजगार मेला बागमती प्रदेश अन्तर्गत पाटनमा समापन गर्न लागिएको हो।

मन्त्रालयका अनुसार मंगलबारसम्म देशभर गरी १० हजार युवाले रोजगारीका लागि आवेदन दिएका छन्। यसमध्ये एक हजारको रोजगारी सुनिश्चित भएको र एक हजार ६८७ युवालाई विभिन्न उद्योग प्रतिष्ठानले रोजगारीका लागि योग्य ठहर्‍याएर अन्तरवार्ताको लागि बोलाएको मन्त्रालयले जनाएको छ।

श्रमाधन मेलाको १४ दिनको अवधिमा १० हजार युवाले रोजगारीका लागि आवेदन दिनुलाई उत्साहजनक रूपमा लिन सकिने मन्त्रालयको भनाइ छ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Troubleshoot YouTube video errors YouTube Help