जोडिनुहोस
बिहिबार, फाल्गुन १४, २०८२
बिहिबार, फाल्गुन १४, २०८२
  • होमपेज
  • सुदूरपश्चिमका मुख्यमन्त्रीले बुधबार विश्वासको मत लिने

सुदूरपश्चिमका मुख्यमन्त्रीले बुधबार विश्वासको मत लिने

धनगढी। सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले साउन ३० गते बुधबार प्रदेश सभाबाट विश्वास मत लिने भएका छन्।

विश्वासको मत लिने प्रयोजनका लागि मुख्यमन्त्रीको पत्र प्राप्त भएको सभामुख भीम बहादुर भण्डारीले बताए । साउन २० गते मुख्यमन्त्री नियुक्त भएका शाह नेतृत्वको सरकारमा एमाले र नागरिक उन्मुक्ति पार्टी साझेदार रहेको छ। ५३ सदस्यीय प्रदेश सभामा कांग्रेसका १८, एमालेका ११ र नागरिक उन्मुक्तिका सात सांसद रहेका छन्।

बहुमतका लागि २७ सांसद आवश्यक पर्ने सुदूरपश्चिममा एमाले र कांग्रेसकै सांसद सङ्ख्याले पनि बहुमत पुग्छ। त्यसै नागरिक उन्मुक्तिको मत थपिँदा दुई तिहाइ नजिक पुग्ने छ।

तर लामो समयदेखि आन्तरिक किचलोमा रहेको नागरिक उन्मुक्तिका सांसदहरुले एक ढिक्का भएर मत दिन्छन् या विभाजित हुन्छन् भन्ने यकिन भइसकेको छैन।

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Торговая Forex платформа для ПК

छुटाउनु भयो कि?