जोडिनुहोस
  • होमपेज
  • विश्वकप लिग–२ को दोस्रो शृङ्खलाको तयारीका लागि नेपाली टोली भारत जाँदै

विश्वकप लिग–२ को दोस्रो शृङ्खलाको तयारीका लागि नेपाली टोली भारत जाँदै

आईसीसी क्रिकेट विश्वकप लिग–२ को दोस्रो श्रृङ्खलाको तयारीका लागि आज नेपाली टोली भारत जाँदै छ । नेपाल क्रिकेट सङ्घ क्यानका अनुसार भारतको बेङ्गलोरमा रहेको राष्ट्रिय क्रिकेट एकेडेमी एनसीएमा दुई हप्ताको प्रशिक्षणका लागि नेपाली टोली भारत जान लागेको हो ।

नेपालले आउँदो सेप्टेम्बरमा क्यानडा र ओमानसँग विश्वकप लिग–२ को दोस्रो शृङ्खला खेल्ने छ । त्यसको तयारीका लागि क्यानले नेपाली टोलीलाई भारत पठाउन लागेको हो । क्यानले बन्द प्रशिक्षणमा २२ जना खेलाडीलाई बोलाए पनि १९ जना मात्र सहभागी हुनेछन् ।

टिममा परेका कप्तान रोहितकुमार पौडेल, सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरी क्यानडामै ग्लोबल टी–२० लिग खेलिरहेकाले उनीहरू उतैबाट टोलीमा सहभागी हुनेछन् ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया

Découverte de Betify Casino – Analyse 14