जोडिनुहोस
  • होमपेज
  • प्रधानमन्त्रीलाई मुकुलको सुझाव ; नागरिकता पुनः प्राप्त गर्नेलाई राज्यको प्रमुख पदको जिम्मेवारी नदिऔं

प्रधानमन्त्रीलाई मुकुलको सुझाव ; नागरिकता पुनः प्राप्त गर्नेलाई राज्यको प्रमुख पदको जिम्मेवारी नदिऔं

राष्ट्रिय स्वतन्त्र पार्टीको भूमिकाबाट पदमुक्त भएका मुकुल ढकालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर १५ बुँदे प्रतिवेदन बुझाएका छन् ।एकपटक नेपाली नागरिकता त्यागेको व्यक्तिले पुनः नागरिकता लिएमा राज्यका प्रमुख पदमा पुग्न नपाउने गरी संविधान संशोधन हुनुपर्ने ढकालले माग गरेका छन् ।

प्रधानमन्त्रीसँग सोमबार बिहान बालुवाटारमा भेटेर प्रदेश संरचना खारेज गर्नुपर्ने माग सहितको प्रतिवेदन पेश गरेका छन् । ढकालले जनतालाई प्रदेश संरचनालाई लिएर निराशा र आक्रोश रहेको जानकारी गराएका हुन् । ढकालले उपराष्ट्रपति पद खारेज गर्नुपर्ने माग सहितको प्रतिवेदन बुझाएका छन् ।

उनले स्थिर निर्वाचन प्रणालीका लागि थ्रेसहोल्ड बढाउने, एउटै मतपत्रमा निर्वाचन गर्ने, एकपटक समानुपातिकबाट निर्वाचितलाई फेरि समानुपातिकको उम्मेदवार हुन नपाउने व्यवस्था हुनुपर्ने प्रतिवेदनमा लेखेका छन् ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
How Long After Klonopin Can I Drink? 2025