जोडिनुहोस
  • होमपेज
  • संविधान संशोधनका नाममा पश्चगमनतर्फ फर्काउने कोसिस स्वीकार्य हुँदैन : बाबुराम

संविधान संशोधनका नाममा पश्चगमनतर्फ फर्काउने कोसिस स्वीकार्य हुँदैन : बाबुराम

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले वर्तमान उपलब्धिलाई थप बलियो बनाउने गरी संविधान संशोधन गरिनुपर्ने बताएका छन् । शनिबार काठमाडौंमा आयोजित संविधान संशोधन अग्रगामी कि पश्चगामी ? विषयक कार्यक्रममा उनले ठूलो आन्दोलन र मिहिनेतका साथ जनताको संविधान निर्माण गर्न सफल भएको उल्लेख गरे ।

उनले संविधान सहमतिको दस्तावेज भएकाले जनताको अधिकार स्थापित गर्नका निम्ति सबैको सहमतिमा संशोधन गर्न सकिने बताए । संशोधनका नाममा मुलुकलाई पश्चगमनतर्फ फर्काउने कोसिस स्वीकार्य नहुने उनको भनाइ थियो ।

भट्टराईले मुलुकको स्थायित्वका निम्ति प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था हुनुपर्नेमा जोड दिए । संविधान संशोधन गर्दा विभिन्न शक्तिलाई खेल्ने ठाउँ दिन नहुने उनले बताए । लडेर बनाएको जनताको संविधान बचाउनका निम्त सबै एक हुनुपर्ने उनले उल्लेख गरे । हिमालयन टेली भ्वाइस

प्रचलन खबर

धेरै टिप्पणी गरिएका