
बर्दिवास। महोत्तरीमा बस अनियन्त्रित भई पल्टिँदा २२ जना घाइते भएका छन्।
भिठामोडबाट जनकपुर आउँदै गरेको ना ४ ख १०६९ नम्बरको बस हुलाकी राजमार्गस्थित जलेश्वर नगरपालिका– ६ रातोपुलमा दुर्घटना हुँदा २२ जना घाइते भएका हुन् ।
जनकपुर आउँदै गरेको बस एक्कासि नियन्त्रित भई पुलको रेलिङ तोड्दै बस पल्टिएको हो । जसमा सवार मध्ये २२ यात्रु घाइते भएको र २ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डिएसपी सन्तुलाल प्रसाद जयसवारले घाइतेमध्ये भारत परिहारकी २२ वर्षीया सरिता यादव र कोमल राउत गम्भीर घाइते छन् ।
अन्य घाइतेको प्रादेशिक अस्पताल जलेश्वरमै उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।