
काठमाडौं। नेपाल प्रिमियर लिग अन्तर्गत आज भएको पहिलो खेल बराबरी भएको छ । विराटनगर किंग्स र पोखरा एभेन्जर्सबीचको खेल सुपरओभरमा छिनोफानो हुने भएको हो ।
जारी एनपीएलमा पहिलो पटक सुपरओभरबाट नतिजा टुंगो लाग्दै छ । अन्तिम ओभरमा पोखरालाई जितका लागि १४ रन आवश्यक थियो । बसीर अहमदलाई अन्तिम बलमा रेमोन रेफरले छक्का प्रहार गर्दै खेल सुपरओभरमा पुर्याएका हुन् ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा १३९ रन बनाएको थियो । १४० रनको लक्ष्य पछ्याएको पोखराले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १३९ रन बनाएको हो ।




































