
काठमाडौं। सातौँ राष्ट्रिय झण्डा दिवस मनाइएको छ । राष्ट्रिय झण्डा दिवसको अवसरमा आज काठमाडौंको वसन्तपुर दरबार स्क्वायरमा नेपालको राष्ट्रिय झण्डा बोकेर र्याली निकालिएको हो ।
संयुक्त राष्ट्रसङ्घमा नेपालको राष्ट्रिय झण्डालाई विश्वव्यापी रूपमा अङ्गीकृत गरेको दिनको सम्झनामा आज सातौँ झण्डा दिवस मनाइएको हो । हरेक वर्ष पुस १ गतेका दिनलाई राष्ट्रिय झण्डा दिवस मनाइन्छ ।