
काठमाडौं। १९ वर्षमुनिको महिला एशिया कप क्रिकेटमा नेपालले पाकिस्तानलाई हराउँदै विजयी शुरुआत गरेको छ ।
नेपालले पाकिस्तानलाई ६ विकेटले हरायो । पाकिस्तानले दिएको १ सय ५ रनको लक्ष्य नेपालले १९ ओभरमा ४ विकेट गुमाएर भेटायो । नेपालकी कप्तान पूजा महतोले नटआउट ४७ रन बनाइन् ।
यसअघि मलेसियाको क्वालालम्पुरमा टस जितेर ब्याटिङ गरेको पाकिस्तान २० ओभरमा ५ विकेट गुमाएर १ सय ४ रन बनायो । पाकिस्तानकी कोमल खानले ३८ रन बनाइन् । नेपालकी कप्तान पूजा महतोले २ विकेट लिइन् ।
यो जीतसँगै नेपाल ’सुपर–४’ मा प्रवेश गरेको छ । पाकिस्तानले लगातार दुई खेल हारेर बाहिरिएसँगै नेपाल समूह चरणको अन्तिम खेलअघि नै ’सुपर–४’ मा प्रवेश गरेको हो । नेपालले समूह ’ए’ को अन्तिम खेलमा भोलि भारतसँग खेल्नेछ ।
प्रतियोगिताको समूह ’बी’ मा श्रीलङ्का, बङ्गलादेश र आयोजक मलेसिया छन् ।