
काठमाडौं। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल थाइल्याण्ड प्रस्थान गरेका छन्।
एसिया र प्रशान्त क्षेत्रमा विकासका लागि वित्तसम्बन्धी उच्चस्तरीय क्षेत्रीय परामर्श बैठकमा भाग लिन अर्थमन्त्री थाइल्याण्ड गएका हुन्।
एसिया र प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्र संघीय आर्थिक तथा सामाजिक आयोगले आयोजना गर्ने उच्चस्तरीय क्षेत्रीय परामर्श बैठक पुस २ देखि ३ गतेसम्म हुनेछ।