जोडिनुहोस
  • होमपेज
  • एमालेले पाएको जग्गादानविरुद्धको रिट सर्वोच्चद्वारा खारेज

एमालेले पाएको जग्गादानविरुद्धको रिट सर्वोच्चद्वारा खारेज

काठमाडौं। सर्वोच्च अदालतले नेकपा एमालेले पार्टी कार्यालय निर्माणका लागि दान लिएको जग्गा विवादसम्वन्धी रिट खारेज गरेको छ ।

भाटभटेनी सुपर मार्केटका प्रमुख मिनबहादुर गुरुङबाट जग्गादान लिने एमालेको निर्णयलाई सर्वोच्च अदालतले कानुनसम्मत ठह¥याएको हो ।

न्यायाधीशद्धय अब्दुल अजिज मुसलमान र बालकृष्ण ढकालको सयुक्त इजलासले रिट निवेदन खारेज हुने फैसला सुनाएको हो ।

व्यवसायी मिनबहादुर गुरुङले दानमा दिएको जग्गा विरुद्ध अधिवक्ता ज्ञानबहादुर बस्नेतले रिट दायर गरेका थिए । उक्त रिटमा अन्तरकालिन अन्तरिम आदेश जारी भएको थियो ।

गत असोज २५ गते प्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओलीले कीर्तिपुर नगरपालिका वडा नम्बर २, मैत्रीनगरमा पार्टी केन्द्रीय कार्यालय भवनको शिलान्यास गरेका थिए ।

भाटभटेनीका सञ्चालक व्यवसायी मीनबहादुर गुरूङ र सावित्री गुरूङले एमालेलाई दान गरेको १० रोपनी १४ आना जग्गामा पार्टी भवन बन्न लागेको हो ।

वि.सं.२०७२ सालको भूकम्पपछि काठमाडौँ महानगरपालिका–१४ मदन नगर बल्खुमा रहेको एमाले पार्टी कार्यालय ध्वस्त भएको र त्यसयताका ९ वर्ष विभिन्न ठाउँमा भाडाका भवनमा बस्दै आएको थियो ।

हाल च्यासलस्थित पार्टी कार्यालयमा पनि हरेक वर्ष बाढीको सामना गर्नुपरेकाले स्थायी रूपमा केन्द्रिय कार्यालय बनाउने काम सुरु गरिएको एमालेले जनाएको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका