
काठमाडौं। १९ वर्षमुनिको महिला एशिया कप क्रिकेटमा भारतसँगको खेलमा नेपालले टस हारेको छ । मलेसियाको क्वालालम्पुरमा टस जितेर भारतले नेपाललाई ब्याटिङको निम्तो दिएको छ ।
नेपालले समूह चरणको पहिलो खेलमा हिजो पाकिस्तानलाई हराउँदै ’सुपर–४’ मा प्रवेश गरिसकेको छ । भारत पनि पाकिस्तानलाई हराउँदै ’सुपर–४’ मा पुगिसकेको छ । पाकिस्तान लगातार दुई खेल हार्दै समूह चरणबाटै बाहिरिइसकेको छ ।
विश्वकपमा छनोट भएको नेपाली टोली १९ वर्षमुनिको एशिया कपमा स्वतः छनोट भएको हो । १९ वर्षमुनिको महिला विश्वकप आउँदो वर्षको जनवरीमा मलेसियामा नै आयोजना हुँदैछ । महिला एशिया कप पहिलो पटक आयोजना भइरहेको हो ।