
काठमाडौं। गणपूरक सङ्ख्या नपुगे पछि आज पनि अर्थ समितिको बैठक स्थगित भएको छ । संसदीय समितिमा बैठकका लागि आवश्यक सांसद सङ्ख्याको कोरम नपुगेपछि बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ ।
संसद् सचिवालयका अनुसार ११ः३० का लागि बोलाइएको बैठकमा ८ जना सांसद मात्रै उपस्थित भइदिए । मंगलबारको बैठकमा सुरक्षित कारोबार ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयकमाथि संशोधनकर्तासँग छलफल गर्ने कार्यसूची रहेको थियो ।
सांसदहरू आउने क्रम जारी रहेको हुन सक्ने आशामा बैठक केही समयलाई स्थगित गरिएको जनाइएको छ । हिजो पनि सत्तारूढ दलका सांसद नपुगे पछि अन्तिम समयमा बैठक स्थगित हुन पुगेको थियो ।