
काठमाडौं। नेपाली बजारमा साताको चौथो कारोबार दिन सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (बुधबार) सुनको मूल्य तोलामा ७ सय रुपैयाँले घटेको हो ।
छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५० हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो कारोबार दिन मंगलबार सुन प्रतितोला १ लाख ५१ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।
दुई दिनदेखि स्थिर रहेको चाँदीको मूल्य पनि घटेको छ । चाँदी प्रतितोला १ हजार ८ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन मंगलबार चाँदी १ हजार ८ सय ४० रुपैयाँमा कारोबार भएको थियो ।