
काठमाडौं। शेयर बजार आज सामान्य घटेको छ । शेयर बजार परिसूचक नेप्से आज पाँच दशमलव ६० अङ्कले घटेर दुई हजार ६ सय २८ दशमलव २६ विन्दुमा झरेको छ ।
आज फाइनान्स, लघुवित्त र व्यापार बाहेक सबै समूहको शेयर घटेको छ । आज कुथेली बुखारी जलविद्युत् कम्पनीको शेयर झन्डै १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन उपकार लघुवित्त र स्मार्ट लघुवित्तको शेयर भने १० प्रतिशतले बढेर सकरात्मक सर्किट लागेको छ ।
आज कारोबार रकम पनि घटेको छ । हिजो चार अर्ब ३४ करोडको शेयर किनबेच भएकोमा आज तीन सय १४ वटा कम्पनीका ८१ लाख ४७ हजार कित्ता शेयर चार अर्ब २७ करोड रुपैयाँमा कारोबार भयो ।