जोडिनुहोस
  • होमपेज
  • रवि लामिछानेको भाइरल तस्बिरः फोटो खिँचेर सार्वजनिक गर्ने डा. निकोलस, दोष कास्की प्रहरीलाई !

रवि लामिछानेको भाइरल तस्बिरः फोटो खिँचेर सार्वजनिक गर्ने डा. निकोलस, दोष कास्की प्रहरीलाई !

काठमाडौं। रास्वपा सभापति रवि लामिछानेका समर्थक डा. निकोलस भुसालले सामाजिक सञ्जालमा भाइरल भइरहेको रवि लामिछानेको फोटो आफूले खिचेको बताएका छन् । यसमा कुनै खराब नियत नभएको भन्दै उनले गल्ती महसुस गर्दै माफी मागेका छन् ।

डा. भुसालले दुई दिन अघि नै यो फोटो फेसबुकमा राखेर पछि डिलिट गरेका थिए । बुधबार रास्वपाका सहकोषाध्यक्ष दीपक बोहराले त्यो फोटो फेसबुकमा राखेपछि अहिले भाइरल भइरहेको छ ।

रविका समर्थकहरूले प्रहरीले हिरासतभित्रको फोटो सार्वजनिक गरिदिएको भन्दै आलोचना गरिरहेका छन् । तर भुसालले त्यो फोटो प्रहरीले सार्वजनिक नगरेको बताएका छन् । ‘यो पुलिसले ल्याएको होइन, म दोषी छु यसमा । मैले यो फोटो बाहिर ल्याएको हुँ,’ भुसालले एक भिडियोमा भनेका छन्, ‘यसबापत नेपाल प्रहरी र नेपाल सरकारसँग माफी माग्न चाहन्छु ।’

भुसालले आफू रविको स्वास्थ्य जाँचका लागि हिरासतमा गएको र त्यही बेला प्रहरीकै सामुन्ने फोटो खिचेको बताएका छन् । रविको स्वास्थ्य ठिक छ भन्ने देखाउनका लागि पनि फोटो खिचेको उनको भनाइ छ ।

‘भाइरल गराउँछु भन्ने सोचेर, फाइदा हुन्छ भन्ने सोचेर या कसैलाई दोष लगाउनका लागि, कसैलाई नराम्रो भन्नका लागि’ फोटो नखिचेको प्रष्टिकरण उनले दिएका छन् ।

गृहमन्त्री भइसकेको व्यक्ति अहिले यो अवस्थामा पुगेको भनेर वास्तविकता बाहिर ल्याउन मात्र खोजेको उनको भनाइ छ । हिरासतमा कस्तो अवस्थामा बसिराख्नु भएको छ त भनेर बुझाउनका लागि त्यो फोटो खिचेको थिएँ ।

कास्की प्रहरीले भने रविको भनिएको भाइरल फोटोको वास्तविकता पत्ता लगाउन अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका