जोडिनुहोस
  • होमपेज
  • अदालतको आदेशपछि सर्वोच्च झिकाइए दुर्गा प्रसाईं, बन्दी प्रत्यक्षीकरणमा सुनुवाइ जारी

अदालतको आदेशपछि सर्वोच्च झिकाइए दुर्गा प्रसाईं, बन्दी प्रत्यक्षीकरणमा सुनुवाइ जारी

काठमाडौं। मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई सर्वोच्च अदालतमा उपस्थित गराइएको छ ।

प्रसाईंका तर्फबाट निराजन प्रसाईंले दायर गरेको दोस्रो बन्दी प्रत्यक्षीकरणको रिटमा सर्वोच्चले प्रसाईंलाई अदालतमा झिकाउन आदेश दिएको थियो । त्यसपछि शुक्रबार प्रसाईंलाई अदालतमा झिकाइएको हो ।

उनको दोस्रो बन्दी प्रत्यक्षीकरणको रिट न्यायाधीशद्वय डा. नहकुल सुवेदी र शारंगा सुवेदीको इजलासमा सुनुवाइ भइरहेको छ ।

प्रसाईंलाई साइबर अपराधको कसुरमा उनको भक्तपुरस्थित निवासबाट पक्राउ गरिएको थियो । साइबरको कसुरमा ४० हजार रुपैयाँ धरौटीमा छुटे लगत्तै उनी आपराधिक लाभ र संगठित अपराधको कसुरमा पक्राउ परेका थिए ।

व्यवसायीलाई धम्क्याएको आरोपमा प्रसाईं र उनका सहयोगीमाथि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अनुसन्धान गरिरहेको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका