जोडिनुहोस
  • होमपेज
  • एसएसआइएफएस प्रशिक्षणमा नेपाली टोली सहभागी, दुई देशबीच सम्बन्ध बलियो हुने विश्वास

एसएसआइएफएस प्रशिक्षणमा नेपाली टोली सहभागी, दुई देशबीच सम्बन्ध बलियो हुने विश्वास

काठमाडौं । नेपालका २६ जना कर्मचारीहरू भारतीय विदेश मन्त्रालय अन्तर्गतको सुषमा स्वराज विदेश सेवा संस्थान (एसएसआइएफएस)को पहिलो विशेष प्रशिक्षण कार्यक्रममा सहभागी भएका छन् ।

नयाँ दिल्लीस्थित विदेश मन्त्रालयको एसएसआइएफएसमा नेपाली कूटनीतिज्ञ तथा अधिकारीका लागि राखिएको पहिलो विशेष प्रशिक्षण कार्यक्रममा नेपाली टोलीले सहभागिता जनाएका हुन् ।

जसमा नेपाल सरकारका १० प्रमुख मन्त्रालय र विभागका २६ जना नेपाली कूटनीतिज्ञ तथा अधिकारीहरूले सहभागिता जनाएका थिए ।

नेपाली कूटनीतिज्ञ तथा अधिकारीहरूको टोलीमा परराष्ट्र मन्त्रालय; अर्थ मन्त्रालय; उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय; कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय; सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय; संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय; सहरी विकास मन्त्रालय; कृषि तथा पशुपन्छी विकास मन्त्रालय; भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय; तथा रेल विभागका प्रतिनिधिहरू रहेका थिए ।

उक्त प्रशिक्षण कार्यक्रमले विश्वव्यापी भूराजनीतिक र भू–आर्थिक विषय, आर्थिक कूटनीति (व्यापार, प्रतिभा, पर्यटन, कनेक्टिभिटी, र विकास साझेदारी), भारत–नेपाल सम्बन्ध, हाम्रा साझा सांस्कृतिक सम्पदा, र डिजिटल पब्लिक इन्फास्ट्रक्चर, र रेस्पोन्सिबल एआई सहित थुप्रै विषयवस्तुलाई समेटेको थियो ।

उक्त कार्यक्रममा राष्ट्रपति भवन, दक्षिण – ग्लोबल साउथ सेन्टर अफ एक्सिलेन्स, भारतको राष्ट्रिय आपदा प्रबंधन प्राधिकरण, र प्रधानमन्त्री सङ्ग्रहालयको स्थलगत भ्रमण पनि समावेश थिए ।

प्रशिक्षण कार्यक्रममा वाराणसी, सारनाथ र अयोध्याको सांस्कृतिक र पर्यटकीय भ्रमणहरू पनि समावेश थिए । कार्यक्रमको समापनमा सहभागीहरूले भारतका विदेश सचिवसँग अन्तरक्रिया गर्ने अवसर पाएका थिए ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका