
दार्चुला। महाकाली नगरपालिका–५ स्थित किम्तडी नजिकको ठण्याकाठा भीरमा पहिरो खस्दा महाकाली लोकमार्ग अन्तर्गत पर्ने खलंगा–गोकुलेश्वर सडकखण्ड अवरुद्ध भएको भएको छ ।
आज बिहान ८ बजेतिर सडक निर्माणको क्रममा पहिरो खस्दा सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ । सडक खुलाउने काम भइरहेको र करिब डेढ÷दुई घण्टाभित्र सडक सञ्चालनमा आउने सक्ने सम्भावना रहेको बताइएको छ ।
बिहानको समयमा पहिरो खस्दा सदरमुकाम आवतजावत गर्न समस्या भएको छ ।