
गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिकाले वडानम्बर–१४ लाई टुक्राउने भएको छ । १६औं नगर सभा बैठकमा मानव संशाधन तथा सुशासन समितिका संयोजक हुमबहादुर बस्नेतले प्रस्ततुत गरेको वडा विभाजन गरी २ वटा बनाउने प्रस्तुत बहुमतले पारित भएको छ । वडा विभाजनको अन्तिम स्वीकृति भने संघीय सरकारले प्रदान गर्दछ । संघीय सरकारले पनि नगरसभाको प्रस्तावलाई स्वीकृत गरेमा वडानम्बर–१४ मा पर्ने पराल्मी र रातामाटा छुट्टिने गरी अर्को एउटा वडा थपिने छ । हाल रेसुङ्गा नगरपालिकामा १४ वटा वडा छन् ।