सर्लाही । सर्लाहीको बसबरिया गाउँपालिका–३ का वडाध्यक्ष नन्दलाल महतोको निधन भएको छ । क्यान्सरबाट पीडित ६९ वर्षीय महतोको उपचारका क्रममा बुधबार राति भरतपुरस्थित बीपी कोइराला मेमोरियल अस्पतालमा निधन भएको हो ।
बसबरिया गाउँपालिकाका अध्यक्ष रामसिंहासन रायका अनुसार, महतोको आजै दाहसंस्कार गरिने छ ।
उनी नेपाली कांग्रेसबाट वडाध्यक्ष निर्वाचित भएका थिए । बसबरिया गाउँपालिकाले आज गाउँपालिकामा शोक बिदा भएको जनाएको छ । रासस