काठमाडौं महानगरपालिकाविरुद्ध कवाडी व्यवसायीले प्रदर्शन गरेका छन् । उच्च अदालतले कवाड व्यवसायीलाई महानगरबाट निष्कासन नगर्न आदेश दिएपछि डोजर चलाउन आग्रह गर्दै कवाड व्यवसायीले महानगरविरुद्ध प्रदर्शन गरेका हुन् । केही समयदेखि काठमाडौं महानगरको निर्णयविरुद्ध उनीहरुले विरोध प्रदर्शन गर्दै आएका छन् । उनीहरूले नेवा राजाहरूको आतंक बन्द गर, कवाडी व्यवसायीको रक्षा गरजस्ता नाराहरू लगाएका छन् । आइतबार प्रज्ञा भवनमा जन्मा भएर उनीहरूले कमलादीमा रहेको महानगरको कार्यालय नजिक पुगी प्रदर्शन गरेका हुन् ।