
काठमाडौं। रौतहटको राजदेवी नगरपालिका–५, स्थित पासवान टोलमा आगलागी हुँदा २० भन्दा बढी फुसका घर जलेका छन् । आइतबार राति स्थानीय बाबुलाल हजराको घरमा विद्युत् सर्ट भएर लागेको आगोले अन्य घरमा पनि क्षति पु¥याएको हो ।
आगलागीको खबर पाएलगत्तै प्रहरी चौकी ब्रह्मपुरी, सशस्त्र प्रहरीको बीओपी बेलबिछवा र गौर नगरपालिकाको वारुणयन्त्र घटनास्थल पुगेको थियो । आगो मध्यराति लागेका कारण बढी क्षति भएको प्रहरीको अनुमान छ ।
घरमा राति सुतेका बेलामा आगलागी भएकाले सरसामान निकाल्न नपाएको प्रहरीले बताएको छ । आगलागीका कारण मानवीय क्षति नभए पनि लता कपडा, अन्नलगायत जलेको प्रहरीले जनाएको छ ।