जोडिनुहोस
  • होमपेज
  • नेप्सेले गर्‍यो सात कम्पनीको मूल्य समायोजन, नयाँ मूल्य कति?

नेप्सेले गर्‍यो सात कम्पनीको मूल्य समायोजन, नयाँ मूल्य कति?

काठमाडौं। नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आइतबार सात कम्पनीको शेयरमूल्य समायोजन गरेको छ। नेप्सेमा कृषि विकास बैंक, मितेरी डेभलपमेन्ट बैंक, महालक्ष्मी विकास बैंक, छिमेक लघुवित्त, आत्मनिर्भर लघुवित्त, जीवन विकास लघुवित्त र चिलिमे हाइड्रोपावरको मूल्य समायोजन भएको हो।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि यी कम्पनीहरूको बुक आइतबार क्लोज अघिको अन्तिम कारोबार दिन सकिएसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो। नेप्सेले कृषि विकास बैंकको ३ प्रतिशत, मितेरी डेभलपमेन्ट बैंकको ९.५०७९ प्रतिशत र महालक्ष्मी विकास बैंकको ३ प्रतिशत बोनस शेयर समायोजन गरेको हो।

त्यस्तै, छिमेक लघुवित्तको ८ प्रतिशत, आत्मनिर्भर लघुवित्तको १४.२५ प्रतिशत, जीवन विकास लघुवित्तको १४ प्रतिशत र चिलिमेको १० प्रतिशत बोनस शेयर समायोजन भएको हो। समायोजनपछि कृषि विकास बैंकको शेयरमूल्य ३२४ रुपैयाँ १७ पैसा, मितेरीको मूल्य ६३५ रुपैयाँ ३९ पैसा, महालक्ष्मी विकासको ३७७ रुपैयाँ ६७ पैसा, छिमेकको ८६१ रुपैयाँ २० पैसा, आत्मनिर्भर लघुवित्तको ५ हजार ७१५ रुपैयाँ ५४ पैसा, जीवन विकासको १ हजार ३७८ रुपैयाँ ७ पैसा र चिलिमेको ५१८ रुपैयाँ १८ पैसा कायम भएको छ।

आइतबार दोस्रो बजारमा कृषि विकास बैंकको ३३३ रुपैयाँ ९० पैसा, मितेरीको ६९५ रुपैयाँ ८० पैसा, महालक्ष्मी विकास बैंकको ३८९ रुपैयाँ, छिमेक लघुवित्तको ९३० रुपैयाँ १० पैसा, आत्मनिर्भर लघुवित्तको ६ हजार ५३० रुपैयाँ, जीवन विकास लघुवित्तको १ हजार ५७१ रुपैयाँ र चिलिमे हाइड्रोपावरको शेयर मूल्य ५७० रुपैयाँमा अन्तिम कारोबार भएको थियो।

यही समायोजित मूल्यलाई आधार मानेर मंगलबारबाट सबै कम्पनीको दोस्रो बजारमा कारोबार खुल्नेछ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका