काठमाडौं। अफगानिस्तानमा तालिबान सरकारले महिला विरोधी अर्को आदेश जारी गरेको छ । तालिबानका सर्वाेच्च नेताले आवासीय भवनहरूमा झ्यालहरू नराख्न आदेश दिएका अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ ।
तालिबानका सर्वाेच्च नेताले महिलाहरू देखिने ठाउँमा झ्यालहरू नराख्न र अहिले रहेका झ्यालहरू पनि बन्द गर्न आदेश दिएका खबरमा उल्लेख छ । सरकारी प्रवक्ता जबिहुल्लाह मुजाहिदले भान्साकोठामा, आँगनमा वा पानी जम्मा गर्दा महिलाहरू काम गरिरहेको देख्दा ‘अश्लील कार्यहरू हुन सक्ने’ सामाजिक सञ्जाल एक्समा उल्लेख गरेका छन् ।
तालिबानले नगरपालिकाका अधिकारीहरू र अन्य सम्बन्धित क्षेत्रहरूलाई तोकिएको क्षेत्रमा झ्यालहरूमा प्रतिबन्ध लगाउन अनुगमन गर्न पनि भनेको छ ।
सन् २०२१ मा तालिबान सत्तामा फर्किएपछि महिलाहरूलाई सार्वजनिक ठाउँहरूमा प्रतिबन्ध लगाइरहेको छ । तालिबानको यो कदमको संयुक्त राष्ट्रसङ्घलगायत धेरै पश्चिमी देशहरूले निन्दा गरेका छन् ।
अफगानिस्तानमा तालिबानले बालबालिका र महिलाहरूका लागि प्राथमिक शिक्षापछि प्रतिबन्ध लगाएको छ । तालिबानी महिलाहरूलाई काम गर्न तथा पार्क र अन्य सार्वजनिक ठाउँहरूमा जान पनि दिइएको छैन ।