जोडिनुहोस
  • होमपेज
  • प्रस्तावित १७ राजदूतको सुनुवाइ प्रक्रिया सुरु

प्रस्तावित १७ राजदूतको सुनुवाइ प्रक्रिया सुरु

काठमाडौं । संसदीय सुनुवाइ समितिले १७ देशका लागि प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया प्रारम्भ गरेको छ ।

समितिका ज्येष्ठ सदस्य पशुपतिशम्शेर जबराको अध्यक्षतामा आज भएको बैठकले प्रस्तावित राजदूतका सम्बन्धमा १० दिनभित्र सार्वजनिक सूचनामार्फत उजुरी आह्वान गर्ने निर्णय गरेको हो ।

सरकारले यही साउन १४ गते डा शंकर शर्मा भारत, प्रा।डा कृष्णप्रसाद ओली चीन, लोकदर्शन रेग्मी संयुक्त राज्य अमेरिका, चन्द्रकुमार घिमिरे संयुक्त अधिराज्य, डा शिवमाया तुम्बाहाम्फे दक्षिण कोरिया, प्रा धनप्रसाद पण्डित इजरायल, रामकृष्ण भट्टराई श्रीलंका र रीता धिताललाई पाकिस्तान का निम्ति आवासीय नेपाली राजदूतमा नियुक्तिका लागि सिफारिस गरेको थियो ।

सरकारले नरेशविक्रम ढकाल ९साउदी अरेबिया०, प्रा।डा कपिलमान श्रेष्ठ ९दक्षिण अफ्रिका०, सनिल नेपाल ९स्पेन०, डा शैल रुपाखेती ९जर्मनी०, जंगबहादुर चौहान ९रुसी महासङ्घ०, रमेशचन्द्र पौडेल ९कतार०, सुम्निमा तुलाधर ९डेनमार्क०, डा नेत्रप्रसाद तिमिल्सिना ९मलेसिया० र प्रकाशमणि पोखरेललाई ९पोर्चुगल० लाई सिफारिस गरेको छ ।

नेपालको संविधानको धारा, २९२ अनुसार राजदूत पदमा सिफारिस भएकाहरूको संसदीय सुनुवाइ गर्नुपर्ने व्यवस्था छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Troubleshoot YouTube video errors YouTube Help