जोडिनुहोस
  • होमपेज
  • आजदेखि टुँडिखेलमा माघी महोत्सव शुरु

आजदेखि टुँडिखेलमा माघी महोत्सव शुरु

काठमाडौं – आजदेखि काठमाडौंको टुँडिखेलमा माघी महोत्सव शुरु हुँदैछ।

आज र भोलि दुई दिने महोत्सव हुने थारू राष्ट्रिय माघी महोत्सव मूल आयोजक समितिले जनाएको छ। माघी महोत्सवको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भोलि औपचारिक उद्घाटन गर्ने कार्यक्रम भएपनि आजैदेखि महोत्सव हुने आयोजकले जनाएको छ।

यस वर्ष ‘थारु संस्कृतिको संरक्षण, संवर्धन र प्रवर्द्धनमा हाम्रो अभियान, समानुपातिक समावेशी पहुँचका लागि सम्पूर्णमा आह्वान’ भन्ने नारासहति माघि महोत्सव गर्न लागिएको छ।

महोत्सव अन्तरगत आज टुँडिखेलमा रक्तदान कार्यक्रम र साँझमा जिता मार्ने कार्यक्रम राखिएको छ। दुइदिने महोत्सवमा थारू सांस्कृतिक नृत्य तथा गीत मघौटा, सखिया, हुर्दगंवा, झुम्रा, छोक्रा, मुग्रंहवालगायत प्रस्तुतहुने सांस्कृतिक उपसमितिका संयोजक नन्दुराज चौधरीले जानकारी दिए।

२० भन्दा बढी थारु संघ–संस्थाहरुको संयुक्त आयोजनामा हुने महोत्सवमा थारु खानपिन÷परिकार, प्रदर्शनी एवं बिक्री, थारु सीप हस्तकला, पुस्तक प्रदर्शनीलगायत करिब १०० भन्दा बढी स्टल रहनेछन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
How to calculate predetermined overhead rate