जोडिनुहोस
  • होमपेज
  • नेपालका प्रत्येक बीवाईडी शो–रुमहरुमा युरोकप फाइनल खेलको प्रत्यक्ष प्रशारण

नेपालका प्रत्येक बीवाईडी शो–रुमहरुमा युरोकप फाइनल खेलको प्रत्यक्ष प्रशारण

काठमाडौं– युरोपियन च्याम्पियनसिप २०२४ उपाधिका लागि आज राति १२ः४५ बजे स्पेन र इंग्ल्यान्डबीच हुन लागेको युरोकप २०२४ को फाइनल खेल हेर्नका लागि इलेक्ट्रिक गाडी बीवाईडीले प्रायोजन गरेको छ।

जर्मनीको बर्लिनस्थित ओलम्पिया मैदानमा हुनलागेको रोचक फाइनल खेलको प्रायोजन गरेको बीवाईडीले नेपालमा पनि काठमाडौं, भक्तपुर र ललितपुरमा रहेका प्रत्यक शो–रुमहरुमा फाइनल खेलका निम्ति प्रायोजन गरेको छ। यति मात्र होईन फाइनल खेल बीवाईडीले भक्तपुरको पेप्सिकोला स्थित दी चिल हाउसमा पनि देखाउँदैछ।

फाइनल खेलमा सहभागी यी दुवै टोलीले एकरएक पटक विश्वकप फुटबलको उपाधि समेत जितेका छन्। स्पेनले सन् २०१० मा विश्वकप उचालेको थियो भने इङ्ल्याण्डले सन् १९६६ विश्वकप जितेको थियो।

स्पेनिस टोलीमा अल्भारो मोराटा (कप्तान), नाचो र डानी कार्भाहाल, डेभिड राया (गोलरक्षक), फेरन टोरेस, पेड्री, फर्मिन लोपेज, लामिन यामल लगायतका खेलाडी छन्। १६ वर्षे यामलले फ्रान्स विरुद्ध उत्कृष्ट गोल गर्दै आफ्नो टोलीलाई फाइनलको यात्रा तय गराएका थिए।

इङ्ल्यान्डको टोलीमा ह्यारी केन (कप्तान), जोर्डन पिकफोर्ड (गोलरक्षक), कायल वाकर, जोन स्टोन्स, फिल फोडेन, लुक स, बुकायो साका, ट्रेन्ट एलेक्जेन्डर अर्नोल्ड, जुड बेलिङ्घम जस्ता खेलाडीले सुसज्जित छ।

जारी युरो कपमा इङ्ल्याण्डका कप्ता ह्यारी केनले ३ गोल गरिसकेका छन् भने बेलिङ्घम सर्वाधिक चर्चामा रहेका खेलाडी हुन्।

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
How to calculate predetermined overhead rate