जोडिनुहोस
  • होमपेज
  • सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयक अन्तर्राष्ट्रिय मापदण्ड अनुसार छ : देउवा

सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयक अन्तर्राष्ट्रिय मापदण्ड अनुसार छ : देउवा

काठमाडौं। पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सङ्क्रमणकालीन न्याय सम्बन्धी संशोधन गर्न बनेको विद्येयक अन्तर्राष्ट्रिय मापदण्ड अनुसार भएको बताएका छन्।

बुधबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले भने, ‘यो विधेयक हाम्रो प्रचलित कानुन, सर्वोच्चको फैसला र अन्तर्राष्ट्रिय मापदण्ड अनुरूपको भएको छ।’

यो संसोधन विधेयकलाई अन्तर्राष्ट्रिय समुदायले समेत नियाली रहेको भन्दै देउवाले उनीहरूबाट समेत साथ प्राप्त हुने विश्वास व्यक्त गरे।

‘सङ्क्रमणकालीन न्यायलाई टुङ्गोमा पुयाउँदै गर्दा हामीलाई अन्तर्राष्ट्रिय समुदायले निकायली रहेको छ,’ उनले भने, ‘यो विधेयकलाई अन्तर्राष्ट्रिय समुदाय र सरोकारवालाले पनि स्वागत गर्ने हाम्रो विश्वास छ।’

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
The STRAT Hotel, Casino & Tower Las Vegas, NV