जोडिनुहोस
  • होमपेज
  • कीर्तिपुरको नगर प्रमुखको उम्मेदवार चयन गर्न कांग्रेसले बोलायो बैठक

कीर्तिपुरको नगर प्रमुखको उम्मेदवार चयन गर्न कांग्रेसले बोलायो बैठक

नेपाली कांग्रेसले कीर्तिपुर नगरपालिकाको प्रमुख पदको उम्मेदवारको निर्णय लिन बागमती प्रदेश संसदीय समितिको बैठक बोलाएको छ । मंसिर १ गते केन्द्रीय कार्यालय सानेपामा बैठक बस्ने गरी बागमती प्रदेशका कांग्रेस मुख्य सचिव राजु नेपालले सूचना जारी गरेका छन् । शनिबार दिउँसो २ बजे बस्ने बैठक बस्ने भएको छ । कांग्रेसको विधान अनुसार नगरको प्रमुख र उपप्रमुखको उम्मेदवार प्रदेश संसदीय समितिले तोक्ने व्यवस्था छ । प्रदेश संसदीय समितिमा प्रदेशका सभापति, दुई उपसभापति, दुई महामन्त्री, कोषाध्यक्ष, ३ जना सहमहामन्त्री र ९ जना सभापतिले तोकेका व्यक्ति हुने व्यवस्था छ ।

कीर्तिपुरको प्रमुखको पदका लागि ११ जनाको नाम सिफारिस भएर प्रदेश संसदीय समितिमा आएको छ । सिफारिस हुनेहरुमा कृष्णमान डंगोल, बद्रीलाल महर्जन, हिमाल कार्की, जमुना नकर्मी, संगीता बोगटी, सशिर महर्जन, जनकलाल महर्जन, राममान सिंह, मीनप्रकाश महर्जन, किरण केसी र सचिन्द्र महर्जन छन्।

कांग्रेसका बागमती प्रदेशका एक पदाधिकारीका अनुसार तीन जनाको नाम चर्चामा छ । उनका अनुसार कृष्णमान डंगोल, हिमाल कार्की र जमुना नकर्मी मूख्य प्रतिस्पर्धीमा देखिएका छन् ।

‘नगर सभापतिको भूमिाका रहेकाले कृष्णमान स्वतः प्रतिस्पर्धी हुन् । हिमाल कार्कीलाई क्षेत्रमा सांसद राजन केसीको समर्थन छ,’ ती नेताले भने,‘पूर्व नगर प्रमुखको श्रीमती जमुनाले दिनुपर्छ कि भन्नेमा सभापति देउवा देखिए जस्तो लाग्छ ।’

 

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Troubleshoot YouTube video errors YouTube Help