जोडिनुहोस

हालको खबर

Bilan Expert Betify Casino Éléments Majeurs
  • ४ घन्टा अगाडि

Betify Casino – Examen Complet 91

  • ६ घन्टा अगाडि

Notre Avis sur Betify Casino – Partie 116

  • ६ घन्टा अगाडि

Betify Casino – Examen Complet 115

  • ८ घन्टा अगाडि
  • ८ घन्टा अगाडि
  • होमपेज
  • नेपाल–भारत अन्तर सरकारी समितिको बैठकः अन्तरदेशीय कनेक्टिभिटीलाई थप सुदृढ गर्नुपर्नेमा जोड

नेपाल–भारत अन्तर सरकारी समितिको बैठकः अन्तरदेशीय कनेक्टिभिटीलाई थप सुदृढ गर्नुपर्नेमा जोड

काठमाडौं – नेपाल–भारत अन्तर सरकारी समितिको बैठक भएको छ। अनधिकृत व्यापार नियन्त्रण हेतु व्यापार, पारवहन र सहकार्य सम्बन्धी भारत-नेपाल अन्तर-सरकारी उपसमिति (आइजीएससी) को बैठक शुक्रबार र शनिबार काठमाडौंमा भएको हो।

बैठकमा भारतीय टोलीको नेतृत्व भारत सरकार वाणिज्य मन्त्रालयका सहसचिव विपुल बंशल र नेपाली टोलीको नेतृत्व उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव रामचन्द्र तिवारीले गरेका थिए।

व्यापार र लगानी सम्बन्धलाई सुदृढ बनाउन लक्षित द्विपक्षीय संयन्त्र आईजीएससीको दुई दिने बैठकले विभिन्न महत्वपूर्ण विषयहरूमा छलफल गरेको भारतीय राजदूतावासले जनाएको छ। दुवै पक्षले औषधीय तथा आयुर्वेदिक वस्तुका लागि आपसी बजार पहुँचबारे छलफल गरेका छन्।

भारतीय राजदूतावासले जारी गरेको विज्ञप्तिमा भारतले एफडीआईलाई प्रोत्साहन गर्न हेतु पेरिस महासन्धिको प्रावधान अनुसार आईपीआर व्यवस्थाको आवश्यकतामाथि प्रकाश पारेको उल्लेख छ। बैठकमा समृद्ध द्विपक्षीय व्यापारबारे साझा दृष्टिकोण प्रस्तुत गर्दै दुवै पक्षले पहलहरु कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरे।

‘नयाँ एकीकृत जाँच चौकी र रेलमार्ग निर्माणसहित भारत र नेपालबीचको निर्बाध अन्तरदेशीय कनेक्टिभिटीलाई थप सुदृढ गर्न द्विपक्षीय पहलको आवश्यकतालाई बैठकले जोड दिएको थियो। समृद्ध द्विपक्षीय व्यापारबारे साझा दृष्टिकोण प्रस्तुत गर्दै दुवै पक्षले यी पहलहरु कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।’ प्रेस विज्ञप्तिमा भनिएको छ, ‘नेपालको आयात र निर्यातमा उल्लेखनीय योगदान पुर्‍याइरहेको भारत नेपालको प्रमुख व्यापार र लगानी साझेदारको रूपमा रहेको छ।

यस बैठकमा भएको छलफलले दुई देशबीचको आर्थिक र व्यावसायिक सम्बन्धलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Bilan Expert Betify Casino Éléments Majeurs