जोडिनुहोस
  • होमपेज
  • ‘च्यानल पार गर्ने क्रममा आठ आप्रवासीको मृत्यु’

‘च्यानल पार गर्ने क्रममा आठ आप्रवासीको मृत्यु’

लिले, फ्रान्स । फ्रान्सबाट इङ्ल्यान्ड जाने च्यानल (इङ्लिस च्यानल) पार गर्ने क्रममा शनिबारदेखि आइतबारसम्म कैयौँ आप्रवासीको मृत्यु भएको फ्रान्सेली अधिकारीले बताएका छन् ।

“च्यानल पार गर्ने क्रममा कम्तीमा आठ आप्रवासीको ज्यान गुमेको छ,” पास–डे–क्यालाइस प्रान्तका अधिकारीले बताए ।

क्षेत्रीय प्रमुख ज्याक बिलान्टले स्थानीय समयअनुसार बिहान १० बजे पत्रकार सम्मेलन गर्ने कार्यक्रम रहेको उनको कार्यालयले जनाएको छ ।

तटीय सुरक्षा अधिकारीहरूले शनिबार दिएको जानकारीमा आप्रवासीहरूले हालैका दिनहरूमा साना डुङ्गाहरूको प्रयोग गरी खतरनाक च्यानल पार गर्ने धेरै प्रयासहरू गरेका थिएभने शुक्रबार र शनिबार मात्र २४ घण्टामा २०० जनालाई उद्धार गरिएको छ।

फ्रान्सको उत्तरी तटीय क्षेत्रमा यसै महिना दर्जनौँ मानिस बोकेको डुङ्गा पल्टिँदा कम्तीमा १२ आप्रवासीको मृत्यु भएको छ ।

उक्त मार्गमा सन् २०२३ मा १२ जनाको मृत्यु भएकोमा सन् २०२३ मा २५ जनाको मृत्यु भएको थियो भने शुक्रबार र शनिबार भएको यो घटना यस वर्षको सबैभन्दा घातक विपत्ति हो ।

फ्रान्स र बेलायती सरकारले वर्षौंदेखि आप्रवासीहरूको प्रवाह रोक्न कोसिस गर्दै आएका छन् ।सानो डुङ्गामा चढेर फ्रान्सबाट इङ्ल्यान्ड जानका लागि आप्रवासीहरूले तस्करहरूलाई प्रतिव्यक्ति हजारौं युरो तिर्छन्।

बेलायती अधिकारीहरुका अनुसार यो वर्षको सुरुदेखि अहिलेसम्म २२ हजारभन्दा बढी आप्रवासी च्यानल पार गरेर इङ्ग्ल्याण्ड आइपुगेका छन् ।

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Are Annuities and Pensions Taxable?

छुटाउनु भयो कि?