जोडिनुहोस
  • होमपेज
  • राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

आज २०८१ साल साउन १ गते मंगलबारको राशिफल

मेषः मनमा काम गर्ने उत्साह बढ्नेछ। मनोरञ्जनमा सहभागी हुने अवसर मिल्नेछ। साथी र बन्धुको सहयोग मिल्नेछ। परिवारसँगको प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

वृषः अफ्ना मान्छेले सहयोग गर्नेछन्। जग्गा जमिनको कारोबारमा फाइदा हुनेछ। शुभ खबरले मन खुशी हुनेछ। परिवारको साथले महत्त्वपूर्ण काम बन्नेछ।

मिथुनः समाजबाट सम्मान प्राप्त हुनेछ। दैनिक काममा सहजता मिल्नेछ। सामाजिक क्षेत्रमा सफलता हात पर्ने योग छ। वैदेशिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ। श्रमको उचित मूल्यांकन हुनेछ।

कर्कटः दिन सामान्य छ। दैनिकीमा समस्या हुनसक्छ। आफू कमजोर भएको अनुभूति हुनेछ। काममा ढिलासुस्तीले सताउने योग छ। गोपनीयता भंग हुँदा झन्झट भोग्नुपर्ने हुनसक्छ।

सिंहः सामाजिक प्रतिष्ठा कमाउने समय छ। ठुलो कामको सुरुवात हुनेछ। परिवारबाट सन्तोष प्राप्त हुनेछ।क्षमता देखाएर अरुलाई प्रभावित पार्ने दिन छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कन्याः आकर्षक बन्न मन लाग्नेछ। यात्राको योग छ। विशेष गरेर धार्मिक यात्रामा निस्कने अवसर मिल्नसक्छ। नयाँ योजना बन्नेछ। साहित्यिक सिर्जनामा मन जानेछ। ठुलो लगानी भने नगर्नु राम्रो हुन्छ।

तुलाः समाजसेवाको अवसर मिल्नेछ। परोपकारमा मन जाने दिन छ। न्यायको क्षेत्रमा सफलता मिल्नेछ। न्याय मिल्ने छ। साथीको सहयोग प्राप्त हुनेछ।

वृश्चिकः मन अशान्त हुने योग छ। लगानीमध्ये जग्गाको कारोबारबाट फाइदा हुनेछ। धेरै समस्या एकसाथ आइपुग्ने भएकाले सचेत र धैर्य हुनु राम्रो हुन्छ। राजनीतिक क्षेत्रमा हौसला बढ्नेछ।

धनुः विश्वास गरेका पात्रले साथ दिनेछन्। वैदेशिक क्षेत्रमा गरेको प्रयास सफल हुनेछ। शिक्षामा गरेको लगानीले तपाईंलाई उत्साह थप्नेछ। अधुरो काम बन्नेछ। लगानीका लागि हिम्मत गर्नुपर्ने देखिन्छ।

मकरः सामान्य सहयोग ठुलो बन्नेछ। गुरुबाट उचित सल्लाह प्राप्त नहुँदा मनमा खटपटी बढ्नेछ। वैदेशिक लगानीमा ठग सक्रिय भएकाले सचेत बन्नु राम्रो हुन्छ। अहिले ठुलो लगानी गर्दै नगर्नु उचित हुन्छ।

कुम्भः मन उदास बन्नेछ। व्यवारहारमा झन्झट बढ्नेछ। आफन्तले गलत सुझाव दिने देखिन्छ। धार्मिक कार्यमा संलग्न हुँदा मन खुशी हुनेछ। वैदेशिक लगानीबाट राम्रो आम्दानी हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मीनः मन अशान्त हुनेछ। झुटा आरोपको सामना गर्नुपर्ने दिन छ। नसोचेको ठाउँमा खर्च हुनेछ। ठुला र बौद्धिक व्यक्तिको सल्लाह अनुसार अगाडि बढ्नु राम्रो हुन्छ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया

Découverte de Betify Casino – Analyse 14