जोडिनुहोस
  • होमपेज
  • सर्वोच्चका प्रस्तावित न्यायाधीश निरौलाविरुद्ध दुई उजुरी

सर्वोच्चका प्रस्तावित न्यायाधीश निरौलाविरुद्ध दुई उजुरी

काठमाडौं । सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश नृपध्वज निरौलाविरुद्ध दुईवटा उजुरी परेका छन् । एकजनाले आफैँ उपस्थित भएर उजुरी दिएका छन् भने अर्को उजुरी इमेलमार्फत आएको संसदीय सुनुवाइ समितिकी सहसचिव निर्मलादेवी लामिछाने (वस्ती)ले जानकारी दिइन् ।

“निर्धारित समयमा दुईवटा उजुरी परेका छन् । दुवै उजुरी प्रस्तावित न्यायाधीश निरौलाका विरुद्धमा छन्,” सहसचिव लामिछानेले बाह्रखरीसँग भनिन्, “उजुरी माननीयज्यूको उपस्थितमा मात्र खोलिने हुँदा उजुरी विषय अहिले नखुलाउनु उचित हुन्छ ।”

उनीसँगै सर्वोच्चको न्यायाधीश सिफारिस भएका नित्यानन्द पाण्डेविरुद्ध भने उजुरी नपरेको उनले जानकारी दिइन् । समसामयिक विषयमै परेकोसम्म भन्न सकिने उनको भनाइ छ । संसदीय सुनुवाइ समितिको यही असोज १५ गतेको बैठकको निर्णयबाट सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीशद्धय निरौला र पाण्डेविरुद्ध उजुरी आह्वान गरेको थियो ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Signs of Enabling Behavior and How To Stop