जोडिनुहोस
  • होमपेज
  • फ्रान्समा आँधीका कारण धेरैको ज्यान गएको आशङ्का

फ्रान्समा आँधीका कारण धेरैको ज्यान गएको आशङ्का

काठमाडौं। फ्रान्सको हिन्द महासागरमा रहेको मेयोट टापुमा चिडो नामक शक्तिशाली आँधीका कारण ठूलो सङ्ख्यामा मानिस प्रभावित भएका छन् । हिजो आएको आँधीमा परी ११ जनाको ज्यान गएको पुष्टि भइसकेको छ ।

आँधीका कारण ज्यान गुमाउनेको सङ्ख्या अझै बढ्न सक्ने अनुमान छ । हावाहुरीका कारण मेयोट क्षेत्रमा बिजुली अवरुद्ध हुनुका साथै खानेपानीको आपूर्ति बन्द छ । आँधीले मेयोटमा रहेका सबै अस्थायी घरहरू पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् ।

राहतकर्मीहरु अझै पनि केही प्रभावित क्षेत्रमा पुग्न नसकेका बीबीसीले जनाएको छ । उद्धारको प्रयास भइरहेको छ । मेयोटको जनसङ्ख्या ३ लाख २० हजार छ । अहिले हजारौँ मानिस खाना, पानी र आश्रयविना बसिरहेका खबरमा उल्लेख छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Troubleshoot YouTube video errors YouTube Help