जोडिनुहोस
  • होमपेज
  • चीनले चन्द्रमाको अँध्यारो भागको अध्ययन गर्ने, आउँदो मे महिनामा यान पठाउने तयारी

चीनले चन्द्रमाको अँध्यारो भागको अध्ययन गर्ने, आउँदो मे महिनामा यान पठाउने तयारी

चीनले चन्द्रमाको भित्रि अर्थात् अँध्यारो भागको अध्ययन गर्ने भएको छ । यसका लागि चीनले चांगई–६ नामको यान प्रक्षेपण गर्ने भएको हो । चन्द्रमाको फार साइड अर्थात् सुदूर हिस्सा क्षेत्रमा पुगी नमूना सङ्कलन पश्चात धर्तीमा अवतरण गर्ने यो यान चीनले मे महिनामा प्रक्षेपण गर्ने तयारी गरेको छ ।

चीनको हैनान प्रान्तमा रहेको वेनचांग स्पेसपोर्टमा यानसँग सम्बन्धित काम भइरहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । सन् २०२० मा चांगई–५ को सफलतापछि चीनका वैज्ञानिकहरुको टोली चांगई–६ को निर्माणमा लागेका यो योजनाका व्यस्थापक इञ्जिनियर झांग यांगले बताउनुभयो । यो योजना सफल भएमा चीन चन्द्रमाको भित्रि भागबाट नमुना सङ्कलन गर्ने पहिलो देश बन्नेछ ।

चांगई -६ चन्द्रमाको फार साइड क्षेत्रमा रहेको ओपोलो बेसिनमा उत्रिने र त्यहाँ ५३ दिन रहने वैज्ञानिकले बताएका छन् । चांगई–६ ले फार साइडको सतहमा प्वाल पारि भित्रबाट र बाहिरी सतहबाट गरी झन्डै दुई किलो ग्राम माटो नमुनाका रुपमा सङ्कलन गर्ने छ ।

यान पठाउनु पूर्व चीनले क्युगियाओ-२ नामको नयाँ स्याटलाइट यही फेब्रुअरी वा आउँदो मार्च महिनामा प्रक्षेपण गर्ने तयारी गरेको छ । यो स्याटलाइटले चांगई(६ र पृथ्वीमा रहेको स्टेशनबीच सम्पर्क बनाइराख्न मद्दत पुर्याउने वैज्ञानिकहरुको भनाइ छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Sports Betting at Non Gamstop Free Spins No Deposit