जोडिनुहोस
  • होमपेज
  • रविलक्षित विश्वप्रकाश शर्माको टिप्पणी- प्रतिवेदनले ‘क्लियर चिट’ किटान गरेको छ

रविलक्षित विश्वप्रकाश शर्माको टिप्पणी- प्रतिवेदनले ‘क्लियर चिट’ किटान गरेको छ

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई ‘स्वतन्त्र’ छोडेर दलको नाम जुराउने साहस देखाउन सुझाएका छन् ।

रास्वपाको पहिलो राष्ट्रिय सम्मेलन सफलताको शुभकामना दिँदै उनले सभापति लामिछानेलाई ‘स्वतन्त्र’ छोडेर दलको नाम जुराउने साहस देखाउन सुझाएका हुन् ।

‘नयाँ दलको प्रथम राष्ट्रिय सम्मेलन सफलताको शुभकामनासहित दुई सुझाव– पहिलो, कतिपय असन्तुष्टिको माहौलमा ‘स्वतन्त्र’ मन बनाएका कतिपय नागरिकको भावनात्मक आवेग ‘क्यास’ गर्न ‘स्वतन्त्र’ नाम रोज्नुभो, एउटा आकार बनाउनुभो,’ शर्माले एक्स (ट्विटर) लेखेका छन्, ‘अब ‘स्वतन्त्र’ छोडेर दलको नाम जुराउने साहस राख्नोस् । शुभकामना ।’

महामन्त्री शर्माले सभापति लामिछानेलाई संसदीय छानबिन समितिले प्रतिनिधिसभा बैठकमा पेस गरेको सहकारीको रकम हिनामिनाको प्रतिवेदनमा गरिएको सिफारिसबारे भ्रम नछर्न पनि भनेका छन् । ‘दोस्रो, क्लिन चिट कि ‘क्लियर चिट’ ? स्पष्ट हुनोस् । ‘प्रचलित कानूनबमोजिम कारबाहीका लागि सिफारिस गर्ने’ प्रतिवेदनको यो सुस्पष्ट निर्णय पढौँ, भ्रम नछरौँ,’ शर्माले लेखेका छन्, ‘ बरु ‘क्लियर चिट’ किटान गरेको छ प्रतिवेदनले । चिटको अर्थ– बेइमानी, अङ्ग्रेजीका ज्ञाता मित्रहरू बुझ्नुहुन्छ नै ।’

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
The STRAT Hotel, Casino & Tower Las Vegas, NV